Logo
Logo

पौडेल पर्यटन मन्त्रालयमा हाजिर



काठमाडौं । ४८ दिनदेखि कार्यालय जान छाडेर भागी भागी हिँडेका नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले पर्यटन मन्त्रालयमा गएर हाजिर गरेको थाहा भएको छ ।

निगमलाई कम्पनीको मोडलमा लगेर नीजि व्यापारीलाई पोस्ने काम गरेपछि निगमका कर्मचारीहरु आन्दोलित भएका छन् । कर्मचारी आन्दोलित भएपछि उनी कार्यालय नगइ भाग्दै हिँडेका छन् । ‘डिमप्रकाश चाहिँदैन, निगम बेच्न पाइँदैन’ भन्ने नारा लगाएर त्यहाँका कर्मचारीहरु धर्ना बसेको बुधबार ४८ दिन वितिसकेको छ ।

पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेसँगको साँठगाँठमा पौडेलले निगमलाई कम्पनीमा परिणत गर्ने प्रस्ताव बोर्डबाट पास गराएका थिए । निगमको अध्यक्ष नभएको मौका छोपेर पौडेलले सहसचिव लामिछानेको अध्यक्षतामा बसेको बैठकबा उक्त प्रस्ताव पास गरेका थिए । जुन अवैधानिक निर्णय हो । पौडेलको हाजिर कपी निगममा भएपनि उनले मन्त्रालयमा गएर हाजिर गरेकोमा निगमको कर्मचारी युनियनले विरोध जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्