Logo
Logo

राजनीतिक दलसम्बन्धी राष्ट्रपतिद्धारा अध्यादेश जारी



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गरेको राजनीतिक दलसम्बन्धी अध्यादेश एक दिन पछि बुधबार राष्ट्रपति भण्डारीले जारी गरेका हुन् ।

राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न जारी गरिएको अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा २० प्रतिशत मत पुर्याए दल विभाजन गर्न सकिने व्यवस्था गरिएको छ ।

अध्यादेश प्रमाणिकरण भएसँगै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपाल ९जसपा०का नेता महन्थ ठाकुरलाई नयाँ राजनीतिक दल गठन गर्ने बाटो खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्