Logo
Logo

पार्टीको नाम ‘नेकपा एमाले समाजवादी’, चुनाव चिन्ह ‘किताब’



काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेसँगै नेकपा एमालेका वरिष्ठ नेता मावधकुमार नेपाल समूहले नयाँ दल दर्ताको प्रकृया थालेको छ ।

माधव समूहले दर्ता गर्न लागेको राजनीतिक दलको नाम ‘नेकपा एमाले समाजवादी’ र चुनाव चिन्ह ‘किताव’ हुने भएको छ ।

नयाँ बानेश्वरस्थित अर्याल होलटमा जारी माधव समूहको बैठकका क्रममा संचारकर्मीसँग कुरा गर्दै नेता जगन्नाथ खतिवडाले पार्टीको नाम ‘नेकपा एमाले समाजवादी’ र चुनाव चिन्ह ‘किताब’ राख्ने निर्णय भएको जानकारी दिए ।

सबै प्रकृया पुर्याएर भोलीसम्ममा निर्वाचन आयोगमा दल दर्ता गर्ने माधव समूहको तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्