Logo
Logo

अष्टलक्ष्मी शाक्य बागमतीकाे मुख्यमन्त्री बन्ने



काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चुनिएकी छन् ।

मुख्यमन्त्रीसमेत रहेका डोरमणि पौडेलले संसदीय दलको नेताबाट राजीनामा दिएपछि उनको स्थानमा शाक्यलाई दलको नेता चयन गरिएको हो । अब शाक्य बागमती प्रदेशको मुख्यमन्त्री बन्ने छन् ।

एमाले उपाध्यक्षसमेत रहेकी शाक्य लामो समयसम्म माधवकुमार नेपाल समूहमा थिइन् । नेपाल नयाँ पार्टी गठन गर्न निर्वाचन आयोग जाँदै गर्दा एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा चुनिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्