Logo
Logo

नयाँ दल दर्ताका लागि महन्थ ठाकुर निर्वाचन आयोगमा



काठमाडौं । नयाँ दल दर्ता गर्नका लागि जसपा नेपालको महन्थ ठाकुर समूह निर्वाचन आयोगमा पुगेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेपछि ठाकुर समूह निर्वाचन आयोग पुगेको हो । नयाँ पार्टी दर्ताको लागि निवदेन दिन निर्वाचन आयोग पुगेको चन्दा चौधरीले जानकारी दिइन् ।

नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल लोकतान्त्रिक प्रस्ताव गरिएको छ । नयाँ पार्टीमा एकल अध्यक्षको व्यवस्था गरिएको छ । राजेन्द्र महतो नयाँ पार्टीमा वरिष्ठ नेता बन्ने पक्कापक्की भएको छ ।

प्रतिक्रिया दिनुहोस्