Logo
Logo

अध्यादेशको विरोधमा युवा संघको प्रदर्शन



काठमाडौं । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधर राष्ट्रिय युवा संघ ले विरोध प्रर्दशन गरेको छ ।

मंगलबार सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेको थियो । उक्त अध्यादेशको विरोधमा युवा संघ नेपालले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेको हो ।

मंगलबार पनि बानेश्वर चोकमा युवा संघले विरोध प्रर्दशन गरेको थियो । सरकारले मुलुकलाई अस्थिरतातर्फ धकेल्न जनघाती निर्णय गरेको भन्दै युवा संघले आपत्ति जनाएको छ ।

बुधबार राजनीति दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपतिले प्रमाणीकरण गरेपछि नेकपा एमालेको माधवकुमार नेपाल समूह नयाँ दल दर्ता गरेको छ ।

सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्‍याए दल विभाजन गर्न सक्ने गरी राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्