Logo
Logo

जसपाले खोज्यो सम्मानजनक सरकारमा उपस्थिति



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा सम्मानजनक सहभागिताको माग गरेको छ । पार्टीको बुधबार सम्पन्न केन्द्रीय समिति बैठकले देउवा नेतृत्वको सरकारमा सम्मानजनक सहभागिताका साथ सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

बैठकपछि विज्ञप्ति जारी गर्दै जसपाले सम्मानजक ढंगले सरकारमा सहभागी हुने प्रतिवद्धता जनाएको उल्लेख गरिएको छ । तर, कसको नेतृत्वमा सरकारमा सहभागी हुने भन्ने विषय भने अझै टुंगिन बाँकी छ । यद्यपि, उपेन्द्र यादव कै नेतृत्वमा जसपा सरकारमा जाने पार्टीभित्रै चर्चा भने चुलिएको छ ।

प्रतिक्रिया दिनुहोस्