Logo
Logo

जसपाले पारित गर्‍यो १२ समसामयिक राजनीतिक प्रस्ताव



काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा)ले विभिन्न १२ वटा समसामयिक प्रस्ताव पारित गरेको छ । दुई दिनदेखि चलेको केन्द्रीय कार्यसमितिको बैठकले १२ समसामयिक तथा राजनीतिक प्रस्ताव पारित गरेको हो ।

कोरोना भाइरसको नियन्त्रण, व्यवसायीको हितको रक्षा, प्राकृतिक प्रकोप न्यूनिकरण लगायत १२ विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराउने बैठकले निर्णय गरेको छ ।

यस्तै, बैठकले टीकापुर घटनामा झुटा मुद्दामा फसाइएका सांसद रेशम चौधरी र मधेश जनविद्रोहका क्रममा गिरफ्तार भएकाको थुनामुक्त गर्न सरकारसँग पहल गर्ने समेत निर्णय गरेको छ ।

यि हुन् जसपाले पारित गरेको १२ प्रस्ताव :
१. कोभिड–१९ को नियन्त्रण, रोकथाम र नागरिकको जीवन रक्षा सम्बन्धी
२. साना तथा मझौला उद्यमी, व्यवसायीको हक हितको रक्षा सम्बन्धी
३. बाढी, पहिरो र डुवान समस्याको समाधान सम्बन्धी
४. बेपत्ता जयसिंह धामीको परिवारलाई क्षतिपूर्ति दिने सम्बन्धी
५. सीमा खुला गर्न कुटनीतिक पहल गर्ने सम्बन्धी
६. शैक्षिक क्षेत्रको अस्तव्यस्तता र गुणस्तरको सुनिश्चितता सम्बन्धी
७. चिकित्सा शिक्षामा सृजित विकृतिको अन्त्य सम्बन्धी
८. झुट्टा मुद्दा खारेजी र राजबन्दीहरुको रिहाई सम्बन्धी
९. बिटिश गोर्खा भूपू शैनिकको आमरण अनशन सम्बन्धी
१०. महिला माथिका हिंसा, बलात्कार र हत्यामा कडा सजाय सम्बन्धी
११. आरक्षण सम्बन्धी व्यवस्थाको संकुचन हुन नहुने सम्बन्धी
१२. बढ्दो महंगी नियन्त्रण सम्बन्धी

प्रतिक्रिया दिनुहोस्