Logo
Logo

रक्षा सचिव र कामु प्रधानसेनापतिबीच शिष्टाचार भेट



काठमाडाैं । कायममुकायम प्रधानसेनापति रथी प्रभुराम शर्मा र नवनियुक्त रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालबीच जंङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।

भेटवार्तापछि जङ्गी अड्डाका विभिन्न विभाग र महानिर्देशनालयहरुबाट रक्षा सचिव समक्ष काठमाडौ तराई/मधेस द्रुतमार्गको प्रगति विवरण र नेपाली सेनाद्वारा सञ्चालित कल्याणकारी कार्यक्रम लगायत सेना सम्बन्धी विविध पक्षमा प्रस्तुतिकरण तथा अन्तरक्रियात्मक कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्