Logo
Logo

कैलालीमा पनि ‘तपाईको मास्क खै ?’ अभियान सुरु


हिक्मत बम


कैलाली । कोरोना संक्रमण पुन: बढ्दै गएको भन्दै कैलालीमा पनि संक्रमण दर नियन्त्रण र रोकथाम गर्नका लागि नेपाल मास्क अभियान सुरु गरिएको छ । कैलाली प्रहरीले बिहीबारदेखि ‘तपाईको मास्क खै ?’ अभियान सुरु गरेको हो ।

सरकारले लागु गरेको नेपाल मास्क अभियान अन्तर्गत कैलाली जिल्लामा पनि ‘तपाईको मास्क खै ?’ अभियान शुुभारम्भ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकोे छ । ‘तपाईको मास्क खै ?’ अभियान ट्राफिक चौराहादेखि पार्कमोडसम्म पैदल मार्च ¥यालीको गरि मास्क नलगाई हिंडडुल गरिरहेका नागरिकलाई मास्क वितरण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक बीरेन्द्रबहादुर बोहराले बताए ।

Image preview

‘कोरोना संक्रमण दर पुनः दिनप्रति दिन बढ्दै गएकाले यसलाई रोकथाम तथा नियन्त्रण गर्नका लागि नेपाल मास्क कार्यक्रम अन्र्तगत कैलालीमा पनि ‘तपाईको मास्क खै ?’ अभियान सुरु गरिएको हो ।’ उनले भने ।

विहीबारदेखि कैलाली जिल्ला भरि कार्यरत सम्पूर्ण ट्राफिक प्रहरी कर्मचारीहरुले ‘तपाईको मास्क खै ?’ कार्यक्रमको ब्यानर नियमित डिउटीमा लगाउने गरि लागु गरिएको प्रहरी निरीक्षक बोहराले बताए ।

Image preview

त्यस्तै कोरोना महामारीको तेस्रो लहरबाट बच्न सबैले स्वास्थ्य सुरक्षाका मापडण्ड अनिवार्य पालना गर्न सजक गर्नुका साथै मास्क अनिवार्य रुपमा प्रयोग गर्नु पर्ने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी नायव उपरीक्षक विश्व अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्