Logo
Logo

विदेशी पर्यटकले नेपालमा गरेको खर्च भन्दा नेपाली पर्यटकले विदेशमा वढी खर्च गर्न थाले


- दृष्टि न्युज/संवाददाता



नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको आठ महिनाको नेपाली अर्थतन्त्रको समीक्षा सार्वजनिक गरेको छ । सो रिपोर्ट अनुसार विदेशी पर्यटकहरुले नेपालमा आएर यस ८ महिनामा ४७ अर्ब खर्च गरे । तर नेपाली पर्यटकहरुले विदेशमा गएर यस अवधीमा ६१ अर्ब खर्च गरे ।

अर्थात विदेशी पर्यटकहरुले नेपालमा आएर गरेको खर्च भन्दा वढी रकम नेपाली पर्यटकहरुले विदेशमा गएर खर्च गरे ।

नेपाल सरकारले पर्यटन व्यवसायवाट नेपालको उन्नती गर्ने जतिसुकै नारा दिएपनि वास्तविक व्यवहारमा सरकारको पर्यटन नीतिको असफलताको उदाहरण यो हो । नेपाली पर्यटकहरुलाई नेपाल मै घुमाउन मात्रै सकेको भएपनि अहिले विदेशी पर्यटकवाट नेपालले गरेको आम्दानी भन्दा वढी अर्थात ६१ अर्ब थप आय नेपाल भित्रै खर्च हुने थियो ।

सरकारले भूँईको टिप्न खोज्दा पोल्टाको खसेको देखेपनि वेवास्ता गरिरहेकोछ । विदेशी पर्यटकलाई मात्र पर्यटक देख्ने, नेपाली पर्यटकलाई पर्यटक नै नदेख्ने गलत नीति अझैपनि कायम छ ।

विदेशी पर्यटकले नेपालमा गर्ने खर्च केवल ९ प्रतिशतले वढेको छ भने नेपाली पर्यटकले विदेशमा गर्ने खर्च २१ प्रतिशतले वढेकोछ ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्