Logo
Logo

प्रधानमन्त्री कार्यालयमा बन्दै एक्सन रुम, जेठबाट सञ्चालनमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , ५ वैशाख ।

प्रत्यक्ष अवलोकनमार्फत विकास आयोजनालाई तीव्रता दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा निर्धाणाधीन एक्सन रुम जेठको पहिलो साताबाट सञ्चालनमा आउने भएको छ ।

आजको गोरखापत्र दैनिक लेख्छ–कार्यालयको भूईँतल्लामा अहिले अत्याधुनिक प्रविधिसहितको एक्सन रुप निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । त्यसको लागत ४ करोड ३५ लाख रुपैयाँ रहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको भुईं तल्लामा अहिले अत्याधुनिक प्रविधिसहितको ‘एक्सन रुम’ निर्माण कार्य तीव्र गतिमा भइरहेको छ ।

त्यसको लागत चार करोड ३५ लाख रुपियाँ रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले नयाँ व्यवस्थाले काम गर्न सजिलो बनाउने विश्वास व्यक्त गरे ।

उनका अनुसार राष्ट्रिय गौरवका आयोजना लगायतका विकास आयोजनाको अवलोकन तथा सातवटै प्रदेशका मुख्यमन्त्रीसँग संवाद, छलफल तथा समन्वय गर्ने उद्देश्यसहित प्रधानमन्त्री कार्यालयमा निर्माणाधीन ‘एक्सन रुम’ जेठको अन्तिम साताबाट सञ्चालनमा आउने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्