इलाम नगरपालिकाविरूद्ध उत्रिए वडाध्यक्ष « Drishti News – Nepalese News Portal
Logo

इलाम नगरपालिकाविरूद्ध उत्रिए वडाध्यक्ष


दृष्टि संवाददाता


इलाम । इलाम नगरपालिकाले शिक्षा नियमावली २०७४ को सातौं संशाेधन गरेको भन्दै वडा अध्यक्षहरुले विरोध जनाएका छन् ।

नगरप्रमुख महेश बस्नेतले शिक्षा नियमावली संशोधन विषयमा पर्याप्त छलफल नगराई कार्यपालिका बैठकबाट जबजस्ती पारित गराएको भन्दै नेपाली कांग्रेस निकट पाँच जना वडा अध्यक्षहले विरोध जनाएका हुन् ।

शिक्षा नियमावलीमा विद्यालय व्यवस्थापन समिति सम्बन्धी व्यवस्थामा सबै अधिकार नगरप्रमुखले आफूमा केन्द्रित रहने गरी संसोधन गरेको वडा अध्यक्षको आरोप छ ।

नगरप्रमुखले जबरजस्ती अघि बढ्न खोजे आफूहरु कानुनी रुपमा अघि बढ्ने असन्तुष्ट वडाअध्यक्षहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्