Logo
Logo

प्रहरीको तलबभत्ता ३० हजार पुग्यो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , ६ बैशाख ।
सरकारले प्रोत्साहन भत्ता ४० प्रतिशतले वृद्धि गरेसँगै ट्राफिक प्रहरी जवान र हवल्दारको तलब भत्ता र रासन सुविधा करिब ३० हजार पुगेको छ।

ट्राफिक प्रहरी जवानको तलब स्केल १७ हजार ३०० र हवल्दारको १८ हजार २०० छ भने राशनस्वरुप पाँच हजार २५० प्राप्त हुन्छ। वर्तमान तलब स्केलमा ४० प्रतिशत प्रोत्साहन भत्ता (करिब सात हजार) जोड्दा ३० हजार पुग्ने देखिएको आजको गोरखापत्र दैनिकमा समाचार छापिएको छ ।

धुवाँधुलो तथा घामपानीको कुनै पर्वाह नगरी चौविसै घण्टा सडकमा खट्ने ट्राफिक प्रहरीको स्वास्थ्य सुरक्षा र सुविधाका लागि ‘ट्राफिक प्रहरी प्रोत्साहन भत्ता निर्देशिका–२०७५’ निर्माण भएको हो। मन्त्रिपरिषदबाट पारित निर्देशिका सरकारले बिहिवार सार्वजनिक गरेपछि ट्राफिक प्रहरी जवान र हवल्दारको प्रोत्साहन भत्ता ४० प्रतिशत असई र सइईको २० प्रतिशत र इन्सपेक्टर र डिएसपीको भत्ता १० प्रतिशतले वृद्धि गरेको हो।

प्रतिक्रिया दिनुहोस्