Logo
Logo

अफगानिस्तान विमानस्थलमा बम विस्फोटमा मृत्यु हुनेको संख्या ६० पुग्यो



काठमाडौं । अफगानस्थानको राजधानी काबुलस्थित विमानस्थल परिसरमा बिहीबार बम विस्फोट हुँदा मृत्यु हुनेको संख्या बढेको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बम विस्फोटमा परी ६० जनाको मृत्यु भएको जनाएका छन् ।

बीबीसीका अनुसार विस्फोटमा मृत्यु हुनेमध्ये १३ जना अमेरिकी नागरिक रहेका छन् ।

अफगानस्थान छोड्न विमानस्थल परिसरमा मानिसहरूको ठूलो भिड जम्मा भएका बेला उनीहरूलाई नै लक्षित गरी विस्फोट गराइएको बताइएको छ ।

उनीहरु अमेरिकाले ल्याएको जहाजमा अफगानिस्तान छोड्न लागेका थिए । यसअघि नै अमेरिका र बेलायतले आतंकावादी हमला हुनसक्ने भन्दै चेतावनी जारी गरेका थिए । बीबीसी

प्रतिक्रिया दिनुहोस्