Logo
Logo

राष्ट्रपतिबाट नवदुर्गा नाचको अवलोकन हुने


- दृष्टि न्युज/संवाददाता


भक्तपुर, ६ वैशाख (रासस) ः राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको अवलोकन गर्नुहुने भएको छ ।

शक्तिको देवीको रुपमा मानिने नवदुर्गा नाच अवलोकन गर्न नवदुर्गा देवगणले केहीवर्ष अघिदेखि आग्रह गर्दै आए पनि त्यो अवसर भने भोलिका लागि जुरेको छ ।

भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा भोलि दिउँसो २ बजेदेखि जिल्ला समन्वय समितिको परिषरमा आयोजना हुने नवदुर्गा नाचको अवलोकन गर्न राष्ट्रपति आउने हुनुभएको सङ्घले आज जानकारी दिएको छ ।

राष्ट्रपति भण्डारीले दिउँसो २ बजेदेखि ४ बजेसम्म नवदुर्गा नाच अवलोकन गरी पूजा एवं द्यो बोयकेगुको अवलोकन गर्नुहुने भएको सङ«घका अध्यक्ष रामप्रसाद प्रजापतिले जानकारी दिनुभयो ।

कार्यक्रममा भक्तपुरको कला, संस्कृति, धार्मिक, परम्परा, बाजागाजा, झाँकीलगायतका विभिन्न प्रकारका सांस्कृतिक तथा मनोरञ्जनका कार्यक्रम समेत प्रस्तुत हुनेभएको छ ।

प्रतिक्रिया दिनुहोस्