Logo
Logo

बैशाख ९ गते पार्टी स्थापना दिवशमा एमाले माअेावादी एकता प्रकृया पूर्ण भएकाे घाेषणा गरिने


- दृष्टि न्युज/संवाददाता


नेकपा(एमाले) र नेकपा(माअेावादी केन्द्र) विच पार्टी एकताका सबै काम पूरा भएकाे घाेषणा बैशाख ९ गते पार्टी स्थापना दिवशका दिनमा गरिने भएकाेछ । एकताका वाँकि कामहरू साे दिन सम्ममा सकाउने गरी गहन छलफल शुरू भएकाे वालुवाटारकाे उच्च श्राेतले जनाएकाेछ ।

यी दुइ पार्टी विच ०७५ जेठ ३ गते एकता भएर नेकपा(नेकपा) वनेकाे थियाे । तर केन्द्रिय समिति, स्थायी समिति, प्रदेश कमिटि वाहेक अरू तलका कमिटिहरू वनेकाे छैन ।

केन्द्रका विभागहरू तथा पाेलिटव्युराेपनि वनेकाे छैन ।

लामाे समय एकिकरण प्रकृया पूरा नहुँदा कार्यकर्ताहरूमा निराशा र वेराेजगारी वढेकाेछ ।

यसलाइ अब पार्टी स्थापनाकाे दिन वैशाख ९ गते सम्ममा जसरी भएपनि सकाउने प्रयासमा केपि अेाली तथा प्रचण्ड लागि परेकाे वालुवाटारकाे एक उच्च श्रेातले जनाएकाेछ ।

त्यसकालागि दैनिक रूपमै वरिष्ठ नेताहरू संग अध्यक्ष दुबैले गहन छलफल चलाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्