Logo
Logo

राष्ट्रपति भण्डारीले वैशाख ११ देखि चीनको राजकीय भ्रमण गर्ने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , ६ वैशाख ।

राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ११ देखि चीनको राजकीय भ्रमण गर्ने भएकी छन्।

परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा भण्डारीले चीनको ८ दिने राजकीय भ्रमण गर्ने जनाएको छ।

राष्ट्रपति भण्डारी शान्जी प्रान्तको राजधानी जियानको भमण गर्ने र ल्हासा हुँदै स्वदेश फर्किने विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपतिसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल पनि भ्रमणमा सहभागी हुनेछन् ।

बेइजिङमा रहँदा राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सीसँग दुई पक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। तिब्बत भ्रमण सकेर उनी वैशाख १९ गते स्वदेश फर्कने कार्यक्रम छ।

राष्ट्रपति भण्डारीले चिनियाँ कम्युनिष्ट पार्टीका नेतासँग छलफल गर्ने कार्यक्रम छ। त्यस्तै, चिनियाँ समकक्षी सीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। राष्ट्रपतिको भ्रमणका क्रममा नेपाल चीन पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुने तयारी छ।

राष्ट्रपतिको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, प्रतिनिधिसभाका सांसदहरु, उच्च पदस्थ कर्मचारी, चीनका लागि नेपाली राजदूत, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी रहने छन्।

प्रतिक्रिया दिनुहोस्