Logo
Logo

काबुल विमानस्थलमा ३४ नेपाली उद्धारको पर्खाइमा



अफगानिस्तान छोड्न काबुल विमानस्थलमा विमान चढ्न लाइन लागेका विदेशी नागरिकहरु ।

काठमाडौं । काबुलमा केही दिनयता ३४ जना नेपाली नागरिकहरु उद्धारको पर्खाइमा रहेका छन् ।

उनीहरुलाई केही दिन अगाडि नै ल्याउने तयारी भए पनि काबुल विमानस्थलमा भएको आक्रमणको कारण केही ढिलो भएको जनाइएको छ ।

परराष्ट्र मन्त्रालयका उनीहरु उडानको पर्खामा रहेका नेपाली नागरिकलाई सुरक्षाको दृष्ट्रिकोणले थप सुरक्षित र व्यवस्थित ठाउँमा राखिएको छ ।

काबुल विमानस्थल नजिक एकै ठाउँमा राखिएका ४२ मध्ये ८ जना भने आउँदैछन् । बाँकीको उद्धारको लागि विभिन्न मुलुकसँग समन्वय भइरहेको सरकारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्