Logo
Logo

सम्पत्ति फिर्ता गर्न नागरिकलाई तालिबानको निर्देशन



काबुल । तालिबानले काबुलमा बसोबास गर्ने नागरिकहरुलाई आफूसँग भएको सवारी साधन, हतियार र गोला बारुदसहित सम्पूर्ण सरकारी सम्पत्ति फिर्ता गर्न निर्देशन दिएको छ ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार तालिबानका प्रवक्ता जवीहुल्लाह मुजाहिदले काबुलमा बस्ने सबै अफगान नागरिकले आफूसँग भएको निजी सम्पत्ति सहित ती सामग्री सरकारलाई फिर्ता गर्न निर्देशन दिएका हुन् ।

साथै सरकारी कर्मचारीहरुलाई काममा फर्कन समेत तालिबानले निर्देशन दिएको छ । यसवाहेक स्थानीय मिडियासँग तालिबानका एक अधिकारीले अमेरिकाले काबुल विमानस्थलका तीनवटा गेट आफ्नो नियन्त्रणमा रहेको समेत बताएका छन् । अमेरिकाले सूचना जारी गर्दै काबुल विमानस्थलस्थित आगामी २४ देखि ३६ घण्टा भित्र आक्रमण हुनसक्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्