Logo
Logo

अफगानिस्तानसँग हाम्रो सम्बन्धको नयाँ अध्याय सुरु भयो : अमेरिका



काठमाडौं । अफगानिस्तानबाट झण्डै २० बर्षपछि आफ्ना सबै सैनिक फिर्ता लगेसँगै अमेरिकाले अब त्यहाँ आफ्नो नयाँ कूटनीतिक अभियान (मिसन) सुरु भएको बताएको छ ।

अमेरिकाका विदेशमन्त्री एन्टनी ब्लिङ्कनले अफगानिस्तानको राजधानी काबुलमा रहेको अमेरिकी दूतावास कतारको राजधानी दोहामा सारिएको जानकारी दिएका हुन् ।

‘अमेरिकी सैनिकको अन्तिम (फिर्ती) उडान भइसकेको छ, हाम्रा सबै सैनिकले अफगानिस्तान छाडिसकेका छन् । अब अफगानिस्तानसँग अमेरिकाको सम्बन्धको नयाँ अध्याय सुरु भएको छ । जसअन्तर्गत हामी कूटनीतिक ढंगले अगाडि बढ्ने छौं । सैनिक अभियान पूरा भयो । एक नयाँ कूटनीतिक अभियान सुरु भयो’, उनले भनेका छन् ।

उनले अफगानिस्तानबाट १ लाख २३ हजार व्यक्तिलाई सुरक्षित रूपमा निकालिएको जानकारी पनि दिए। जसमध्ये ६ हजारभन्दा बढी त अमेरिकी सैनिक नै रहेको उनले बताए ।

‘आजदेखि हामीले काबुलमा आफ्नो कूटनीतिक उपस्थिति बन्द गरेका छौं र दूतावास दोहा सारेका छौं। हामी यस विषयमा चाँडै कंग्रेसलाई जानकारी दिन्छौं। अफगानिस्तानको राजनीतिक र सुरक्षा परिस्थिति हेरेर चालिएको यो समझदार कदम हो।’

यो पनि

प्रतिक्रिया दिनुहोस्