Logo
Logo

कांग्रेसलाई महाधिवेशनबाट शसक्त बनाउने अभियानमा होमिसकेका छौँ : देउवा



काठमाडौं । प्रधानमन्त्री एवंम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनबारे भिडियोमार्फत सन्देश दिएका छन् ।

देउवाले भिडियोमा १४ औं महाधिवेशनमा पार्टी होमिइसकेको बताएका छन् । वडा अधिवेशन सुरू हुनुभन्दा केही घन्टा पहिले भिडिओ सन्देश जारी गर्दै देउवाले पार्टीलाई थप बलियो बनाउने अभियानमा होमिइसकेको पनि बताए ।

‘म तपाईंहरूलाई जनताको विश्वास जितेर अघि बढ्ने प्रण गर्दछु। १४ औं महाधिवेशनमार्फत् हामी कांग्रेसलाई शशक्त बनाउने अभियानमा होमिइसकेका छौं,’ उनले भने।

कांग्रेस बलियो भएको कुरा घरघरमा पुर्‍याउन पनि उनले अपिल गरेका छन् । कोरोना महामारीबीच पनि महाधिवेशन गर्नुपरेको भन्दै देउवाले स्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न पनि अपिल गरेका छन् ।

यो पनि

प्रतिक्रिया दिनुहोस्