Logo
Logo

नारायणहिटीमा सुनौलो बग्गी सार्वजनिक



काठमाडौं । बेलायती महारानी एलिजाबेथ द्वितीयाले पूर्वराजपरिवारलाई उपहार दिएको बग्गी सार्वजनिक गरिएको छ । संस्कृति मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले सोमबार बग्गी प्रदर्शनीको उद्घाटन गरेका हुन् ।

राजाको राज्याभिषेकमा प्रयोग गरिएको उक्त बग्गी नारायणहिटी संग्रहालयमा राखिँदै आएको थियो । २०३१ सालमा तत्कालिन राजा वीरेन्द्रको राज्याभिषेक गर्दा पहिलोपटक उक्त बग्गी प्रयोग गरिएको थियो ।

त्रिभुवन राजालाई हिटलरले दिएको गाडी राखेको ठाउँको अगाडि सर्वसाधारणको अवलोकनको लागि राखिएको छ । बाहिर टिकट काटेर गएपछि श्रीसदनको बाहिरपट्टि बग्गी हेर्न पाउनेछन्।

राजतन्त्रको अन्त्यसँगै संग्रहालयमा बदलिएको नारायणहिटी दरबारमा रहेका यस्ता समग्री चरणचरणमा सार्वजनिक गरिँदै आएका छन् । दरबारभित्र विभिन्न बैठक कोठा, पूर्वराजारानीका शयन कक्ष, राजकीय पाहुनाहरूले प्रयोग गर्ने कक्षसहितका ५२ वटा कोठा छन् । तीमध्ये ३२ वटा कक्ष प्रदर्शनीमा ल्याइएका छन् ।

२०६५ फागुन १५ देखि नारायणहिटी दरबार संग्रहालयका रूपमा सर्वसाधारणका निम्ति पनि खुला गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्