Logo
Logo

क्रियाशील सदस्यबाट नाम हटाइएपछि किरिया



डडेल्धुरा । क्रियाशील सदस्यबाट नाम हटाइएपछि डडेल्धुराको अमरगढी नगरपालिका–९ का कांग्रेस वडा सभापतिले कपाल मुण्डन गरी किरिया बसेका छन् ।

आफूले पार्टीमा दिएको योगदानको अनादर भएको भन्दै उनले सोमबार कपाल मुण्डन गरेका हुन् । कपाल खौरेको दुईवटा फोटो सामाजिक सञ्जालमा राख्दै उनले लेखेका छन्–‘नेपाली कांग्रेसको किरियाको मेरो पहिलो दिन ।’

आइतबार सार्वजनिक भएको नेपाली कांग्रेसको क्रियाशील सदस्यता सूचीबारे डडेल्धुरामा विवाद उत्कर्षमा पुगेको छ ।

सार्वजनिक नामावलीमा धेरै सदस्यको नाम हटाइएको नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ । नाम हटाइएपछि वडादेखि जिल्ला अधिवेशन प्रभावित बन्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्