Logo
Logo

बैंकिङ कसूर मुद्दामा फरार रहेकी महिला पक्राउ



काठमाडौं । बैंकिङ कसूर मुद्दामा दोषी ठहर भइ फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

कैलालीको गौरीगंगा नगरपालिका–३ घर भइ काठमाडौंको गहनापोखरी बस्दै आएकी ३२ वर्षीय जसमिन झालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनले बैकिङ कसूर मुद्दामा उनलाई गत फागुन ११ गते १६ लाख जरिवाना र ७ दिन कैद सजाय सुनाएको थियो।

पक्राउ परेकी झालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं पठाइएको महाशाखाले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्