Logo
Logo

२ करोड २४ लाखको गहनासहित विमानस्थलबाट दुईजना पक्राउ



काठमाडौं । तीन किलोभन्दा बढीको सुनका गरगहनासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पक्राउ परेका छन् ।

मंगलबार श्री एयरलाइन्सको उडानमार्फत काठमाडौंबाट विराटनगर जान लागेका २ जनालाई ३ किलो ३६० ग्राम तौल भएको सुनका गरगहानासहित विमानस्थल सुरक्षार्थ तैनाथ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कैलालीको बर्दगोरिया गाउँपालिका–१ घर भएका ३० वर्षीय बोधराज भण्डारी र धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२ घर भएका ४७ वर्षीय मुरारी राज अधिकारी छन् ।

उनीहरुबाट बरामद भएको सुनको बजार मूल्य २ करोड २४ लाख ९२ हजार ३९७ रुपैयाँ भएको प्रहरले जनाएको छ । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि राजश्‍व अनुसन्धान विभाग हरिहर भवन बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्