Logo
Logo

विपीका चिकित्सकले पदाधिकारीको कार्यालयमा लगाएको ताला नखाेल्ने



सुनसरी । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरूले पदाधिकारीको कार्यालयमा लगाएको तालाबन्दी नखोल्ने अडान लिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहमा आन्दोलन फिर्ता लिएपनि प्रतिष्ठानका चिकित्सकले पदाधिकारले राजीनामा नदिएसम्म ताला नखोल्ने भएका हुन् ।

प्रतिष्ठानमा भ्रष्टाचार र राजनीतिक हस्तक्षेप भएको भन्दै कार्मचारी, चिकित्सक र विद्यार्थी आन्दोलनमा उत्रिएका थिए । मन्त्रालयले माग पूरा गर्ने प्रतिवद्धता जनाएसँगै आन्दोलन स्थगित भएपनि चिकित्सकले पदाधिकारीले राजीनामा नदिए तालाबन्दी जारी राख्ने बताएका छन् । कार्यालयको तालाबन्दी नखुलेपछि कामकाज प्रभावित बनेको छ ।

उपकुलपतिको कार्यालयको ताला फुटाइयो

प्रतिष्ठानमा आन्दोलनरत पक्षले ओपिडी सेवा बन्द गरेपछि राजनीतिक दलका कार्यकर्ताले प्रतिष्ठानमा लगाइएको ताला फुटाएका छन् । गत हप्ता नेकपा एमाले, राष्टिय प्रजातन्त्र र लिम्बूवान पार्टीका कार्यकर्ताले उपकुलपतिको कार्यालयमा लगाइएको ताला फुटाएका थिए । शनिबार चार दलले पत्रकार सम्मेलन गरी ताला फुटाएका जिम्मा पनि लिएका थिए ।

काभिड–१९ महामारीको बेला अक्सिजन खरिदमा भ्रष्टाचार भएपछि चिकित्सकहरू आन्दोलित बनेका थिए । आन्दोलन चर्किए पछि सरकारले सचिवको नेतृत्वमा कार्यादल गठन गरेका थियो । अख्तियारले समेत प्रतिष्ठानको कागजपत्र जफत गरेको थियो ।

चार जनामध्ये रजिष्टार प्राध्यापक डाक्टर मोहन चन्द्र रेग्मीले राजिनामा दिई स्वीकृत भइसकेको छ भने अन्य ३ जना पदाधिकारीहरूले भने अझै राजिनामा दिएका छैनन् । उनीहरूकै राजीनामा माग गर्दै चिकित्सकले पदाधिकारीको कार्यालयको ताला नखोल्ने अडान लिएका हुन् ।

प्रतिष्ठानलाई शुद्धिकरण गर्नुपर्ने भन्दै अहिले चारजना पदाधिकारीहरूको राजीनामा मागिएको छ । राजीनामा दिएसँगै आफ्ना कायकर्ता र उम्मेद्वारलाई नियुक्ति दिन भने अन्य राजनीतिक दल तम्सिएर बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्