Logo
Logo

ओमानलाई नेपालले दियाे १ सय ९७ रनकाे लक्ष्य



काठमाडाैं ।  आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले ओमानसामु सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

ओमानको अल अमिरात मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४७ दशमलव ४ ओभरमा १ सय ९६ रनमा अलआउट हुँदै १ सय ९७ रनकाे लक्ष्य प्रस्तुत गरेकाे हाे ।

नेपालका आसिफ शेखले सर्वाधिक ९० रन बनाए ।  कप्तान ज्ञानेन्द्र मल्लले २१ रन बनाएको इनिङ्समा रोहित पौडेलले २०, सोमपाल कामीले ७ , विनोद भण्डारीले ६ रन बनाए । यस्तै कुशल मल्लले ४ र ओपनर कुशल भुर्तेल शुन्य रनमा आउट भए । बिक्रम सोबले २ रनमात्र बनाउन सके ।

यसअघि, लिग-२ को सिरिज अन्तर्गतनै नेपालले घरेलु मैदानमा ओमानसँग दुई खेल खेलेको थियो । दुबै खेलमा नेपाल पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्