Logo
Logo

काठमाडौंमै ‘बोक्सी’ भन्दै महिलामाथि निर्घात कुटपिट



काठमाडा । काठमाडौंमै बोक्सी भन्दै एक महिलामाथि निर्घात कुटपिट भएको छ । काठमाडौंको ठूलो भ¥याङमा झारफुक गरेर बोक्सी झार्ने नाममा महिलालाई चरम यातना दिइएको हो ।

३० वर्षीय महिलाई ‘बोक्सी’ भन्दै कुटपिट गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनका श्रीमानसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पीडित महिलाका श्रीमान्, दीपेन्द्रकुमार थिङ, दशनारायण महर्जन र जनार्दन पाण्डे छन् ।

भदौ २० गते पेट दुखेपछि महिलाले आफ्ना पति जितेन्द्रलाई अस्पताल लान आग्रह गरेकी थिइन् । तर, उनले मामा नाता पर्ने दशनारायणसँग मिलेर पत्नीलाई धामी दिपेन्द्र कुमार थिङकहाँ लगेका थिए ।

धामीकोमा पुगेपछि धामीसँग मिलेर चारजनाले ‘बोक्सी चढेको’ भन्दै हात जोड्न लगाएर निलडाम हुनेगरी ति महिलालाई कुटेको प्रहरीले जनाएको छ । झारफुक गर्ने थिङकै आग्रहमा महिलाका श्रीमानसहित अरुले पनि ती महिलालाई कुटपिट गरेको प्रहरीले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्