Logo
Logo

हामी धेरै अप्ठ्यारोमा छौँ : घनश्याम भुसाल



बुटवल । नेकपा (एमाले)का उप–महासचिव घनश्याम भुसालले पर्टी अप्ठ्यारोमा भएको बताएका छन् । बुटवलमा आयोजित रुपन्देही कार्यकर्ता भेलालाई सम्बोधन गर्दै विभाजनका कारण एमाले पप्ठ्यारोमा भएको बताएका हुन् ।

उनले भने, ‘हामी धेरै अप्ठ्यारोमा छौँ । कहाँ थियौ, काहाँ खसेका छौँ । नेकपा एमालेको सबभन्दा ठूलो र प्रभाकारी भूमिका खेल्नुपर्ने ठाउँमा छौँ । आज पनि हामी राष्ट्रिय शक्ति हौ । हामी मात्तिने र आतिने होइन ।’

पार्टीका लागि बलिदान गर्ने मदन भण्डारीजस्ता नेताको योगदानका कारण ठूलो चोटपछि पनि एमाले अझै राष्ट्रको सबैभन्दा ठिलो शक्ति भएको दाबी गरे । उने भने, ‘एमालेलाई उत्ताउलो हुने छुट नभएको भुसालको भनाइ थियो। ‘नेकपा एमालेले कमजोरी गर्ने उत्ताउलो हुने कुनै छुट छैन ।’

एमाले आन्तरिक समस्याको समाधानका लागि पर्‍याप्त लोकतान्त्रिक अभ्यासको खाँचो भएको भुसालले बताए । उनले भने, ‘पार्टी स्वयंम हर आन्तरिक पर्‍याप्त लोकतन्त्रिक हुन सकेन भने बाहिर पनि लोकतन्त्रिक हुन सक्दैन। हामी व्यक्तिका लागिमात्रै कुरा गरेको जस्तो हुन्छ। त्यस्तो होइन। जति बढी एमालेले न्याय समानताको पक्षमा न्यय गर्न सक्छ त्यति राम्रो हुन्छ। जाने बाटो यो हो।’

माधव नेपाललाई आफूले दलाल पुजिवादका बारेमा बुझाउन नसकेको भुसालको बताए । उनले भने, ‘कमरेड माधव नेपालले यो कुरा बुझ्नु पथ्र्यो। तर बुझाउन सकिएन। यो बिचमा के(के भयो के(के भयो। हामी यो बिचमा हामी भाड्किएका हौँ ।’

प्रतिक्रिया दिनुहोस्