Logo
Logo

प्रदेश-१ मा २ मन्त्री र ३ राज्यमन्त्री थपिए



विराटनगर । प्रदेश– १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले बुधबार दुई मन्त्री र तीन राज्यमन्त्री थपेका हुन् । योसँगै प्रदेश–१ मा ८ सदस्यीय मन्त्रिपरिषद बनेको छ ।

मुख्यमन्त्री आर्चायले संखुवासभाका तुलसीप्रसाद न्यौपाने आर्थिक मामिला तथा योजना र झापाका हिराकुमार थापा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

त्यस्तै सोलुखुम्बुका उत्तमकुमार बस्नेत उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री, मोरङका ज्ञानेश्वर राजवंशी भूमि, व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र मोरङकै लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानून राज्यमन्त्री बनेका छन् ।

उनीहरुलाई प्रदेश प्रमुख सोमनाथ अधिकारीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्