Logo
Logo

इलाममा एकीकृत समाजवादीको जिल्ला कमिटी गठन, अध्यक्षमा भक्त केसी



इलाम । नेकपा (एकीकृत समाजवादी) ले इलाम जिल्ला कमिटी गठन गरेको छ । एकीकृत समाजवादीले भक्त केसीको अध्यक्षतामा २ सय ५१ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो । केसी नेकपा एमाले एमाले जिल्ला कमिटीका पूर्वउपाध्यक्ष हुन् ।

बुधबार आयोजित भेलाले जिल्ला कमिटी उपाध्यक्षमा चित्रकला बराइली, सचिवमा हरिवाला राई र सहसचिवमा सोम शर्मालाई चयन गरेको छ । अध्यक्ष केसीका अनुसार जिल्ला सचिवालय र अन्य कमिटी गठन गर्न बाँकी नै छ ।

जिल्ला उपाध्यक्ष केसीसहित केही सचिवालय सदस्य तथा पुराना नेता र जनप्रतिनिधि एकीकृत समाजवादीमा खुलेका छन् ।

गत २२ गतेसम्म सूर्योदय नगर प्रमुख रणबहादुर राई, जिल्ला समन्वय समिति उपप्रमुख चित्रकला बराइली र माइजोगमाई गाउँपालिका अध्यक्ष जितबहादुर राईसहित इलामका स्थानीय तहका ५८ जनप्रतिनिधिले नयाँ दल रोजेका थिए।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल र प्रदेशसभा सदस्य खिनु लङ्वा लिम्बूले यसअघि नै एकीकृत समाजवादी रोजिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्