Logo
Logo

भरतपुर महानगरका वडाध्यक्ष आर्थिक अनियमिततामा मुछिए



भरतपुर । भरतपुर महानगरपालिका–२१ मा भएको भनिएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ । वडाको विकास निर्माणमा अनियमितता भएको उजुुरी पाएसँगै आयोगले बिहीबार अनुगमन गरी विवादसम्बन्धी कागजात जफत गर्दै अनुसन्धान सुरु गरेको हो ।

अनियमितता भएको विषयमा वडाध्यक्ष चित्रसेन अधिकारी पनि मुसिएका छन् । वडाको विकास निर्माणमा अनियमितता गरी उपभोक्ता समिति र ठेकेदारसँग मिलेर वडाध्यक्षले गुणस्तरहीन काम गरेको भन्दै महानगरका वडाध्यक्ष अधिकारी अनियमिततामा मुसिएका हुन् ।

हैटौँडाबाट आएको आयोगको टोलीले वडा अध्यक्ष अधिकारी र उनका छोरा बिवेकसेन अधिकारीको नाममा सिभिल बैंक भरतपुरको खातामा बाटो निर्माण गर्ने उपभोक्ता समितिले पहिलो पटक १ लाख ७६ हजार रुपैँया र दोस्रो पटक २६ हजार रुपैँया गरी २ लाख ३ हजार रुपैँया जम्मा गरेको बैकं स्टेटमेन्ट सहितको कागजात जफत गरेको छ ।

वडा नं २१ को केचन टोलको दुर्गाबाहादुर भट्टराईको घरदेखि गणेश मन्दिरसम्म र गोपाल सापकोटाको घर हुँदै मगर समाजसम्मको बाटो गा्रभेल गरी स्तरउन्नति गर्न वडा अध्यक्ष अधिकारीले उपभोक्ता समितिलाई जिम्मा लगाएका थिए ।

उपभोक्ता समिति मार्फतनै वडा अध्यक्ष अधिकारीले पटक पटक पैसा लिई गुणस्तरहिन काम गरेको उजुरी परेपछि अख्तियारले छानबिनका लागि बाटोकै अनुगमन र आवाश्यक कागजात नियन्त्रणमा लिई छानविन अगाडि बढाएको बताईएको छ ।

आसन्न कांग्रेस महाधिवेशनमा नगर अध्यक्षको उम्मेद्वारी घोषषा गरेका अधिकारी आर्थिक अनियमिततामा मुसिएसँगै पार्टीभित्रै नगरसभापति बनाउन नहुने माग उठेको छ ।

प्रतिक्रिया दिनुहोस्