Logo
Logo

सडकपेटीमा प्रसूती घटना- ड्युटीमा रहेका अस्पतालका कर्मचारी बर्खास्त


0
Shares

काठमाडौ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको मूल गेटबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा सरकारले आवश्यक छानबिन अघि बढाएको जानकारी दिएकी छन् ।

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले अस्पताल बाहिर ३० वर्षीया बबिता पासवानले बच्चा जन्माएको घटनाबारे उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले उक्त घटनालाई सरकारले गम्भीरतापूर्वक लिईं आवश्यक छानबिन अघि बढाइएको बताएकी हुन् ।

उनले घटनाका बेला ड्युटीमा रहेका अस्पतालका कर्मचारीलाई कामकाजबाट हटाएर उनीहरुमाथि पनि छानबिन भइरहेको बताइन् । घटनाको स्थलगत छानबिनका लागि नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सुप्रभात श्रेष्ठ तथा एथिकल कमिटीका डा. अजय शाहसहित पाँच सदस्यीय टोली राजविराज पुगिसकेको उनले जानकारी दिइन् ।

उनले घटनाबारे मन्त्रालयले अस्पतालसँग २४ घण्टे स्पष्टीकरण मागिसकेको र अस्पतालले स्पष्टीकरण समेत पेश गरिसकेको जानकारी दिइन् । प्रसूति भएपछि आमा र नवजात शिशुलाई सालनालसहित पुनः प्रसूति वार्डमा ल्याई आवश्यक स्वास्थ्य स्याहार तथा उपचारका लागि अस्पतालमै बस्न आग्रह गरेको पनि मन्त्री मेहताले सभालाई जानकारी गराइन् ।

प्रतिक्रिया दिनुहोस्