Logo
Logo

महानगरीय प्रहरी वृत्तलाई हिमालयन बैंकको सहयोग



काठमाडौं । हिमालयन बैंक लिमिटेडले काठमाडौंको नयाँ बानेश्वर महानगरीय प्रहरी वृत्तलाई २ थान कम्प्युटर खरिद गरी हस्तान्तरण गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृत्तलाई सो कम्प्युटर सहयोग गरेको हो ।

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका कर्मचारीहरुलाई आधुनिक प्रणालीको कम्प्युटरको कमीका कारण दैनिक प्रशासकीय कार्यमा ढिला–सुस्ती भएको हुँदा सो कार्य सहज होस् भनेर १ लाख १० हजार मूल्यको १ थान कम्प्युटर सेट सहयोग स्वरुप प्रदान गरेको बैंकले जनाएको छ ।

बंैकका मुख्य प्रबन्धक श्री समीर आचार्यले उक्त कम्प्युटर वृत्तका प्रहरी उपरिक्षक श्री मीम बहादुर लामालाई एक समारोहलाई प्रदान गरेका हुन् । उक्त समारोहमा बैंक तथा वृत्तका अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्