Logo
Logo

शेरधन राईको जिल्लामा एकीकृत समाजवादी गठन



भोजपुर । निवर्तमान प्रदेश १ का मुख्यमन्त्री तथा नेकपा एमालेका नेता शेरधन राईको गृह जिल्ला भोजपुरमा नेकपा एकीकृत समाजवादीले १ सय ५५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।

एकीकृत समाजवादीले वीरजंग राईको अध्यक्षतामा जिल्ला कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा विष्णुबहादुर राउत, चक्र तामाङ र गीता राई, सचिवमा ममिता राई र उपसचिवमा इश्वर कार्की चयन भएका छन् ।

सचिव ममिता राई भोजपुर नगरपालिकाकी उपमेयर हुन् । अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष जयन्ती राईको उपस्थितिमा निर्माण गरिएको कमिटीको पदाधिकारी र सदस्यको सपथ तथा जिल्ला भेला छिट्टै गर्ने सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्