तीन चिनियाँ अन्तरिक्ष यात्री ९० दिनपछि सकुशल फिर्ता « Drishti News – Nepalese News Portal
Logo

तीन चिनियाँ अन्तरिक्ष यात्री ९० दिनपछि सकुशल फिर्ता


दृष्टि संवाददाता


काठमाडौं । सबैभन्दा लामो मिसनमा रहेको चीनको पहिलो अन्तरिक्ष स्टेसनमा ९० दिनको बसाइँपछि शुक्रबार तीन जना चिनियाँ अन्तरिक्ष यात्री पृथ्वीमा फर्किएका छन् ।

नी हाइशेङ, लिउ बोमिङ र ताङ होङबो सहभागी अन्तरिक्षयान बिहीबार बिहान अन्तरिक्ष स्टेसनबाट छुटेको थियो । यान शेन्जाउ–१२ अन्तरिक्ष यान शुक्रबार करिब १ः३० बजे पृथ्वीमा अवतरण गरेको छ ।

चिनियाँ राष्ट्रिय टेलिभिजन (सीसीटीभी) ले गोबी मरुभूमिमा अवतरण गर्दै गरेको प्याराशुटिङको फुटेज प्रशारण गरी यानको सफल अवतरण भएको जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्