Logo
Logo

नेपाल एसियन कप छनोटबाट बाहिरियो



काठमाडौं । नेपाल एएफसी महिला एसियन कप–२०२२ छनोटबाट बाहिरिएको छ । मंगलबार हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि नेपाल एसियन कप–२०२२ छनोटबाट बाहिरीएको हो ।

उज्वेकिस्तानस्थित (जेएआर एसओके) माजमुएसी स्टेडियममा मंगलबार भएको खेलमा बल पोसेसन राख्दै हङकङलाई दवावमा राखेपनि फिनिसिङमा चुक्दा नेपाल बराबरीमा रोकिन बाध्य बन्यो ।

नेपालले अहिलेसम्म तीनपटक एसियन कप खेलेको छ । चौथोपटक एसियन कप तथा विश्वकप छनोटमा अघि बढ्ने सम्भावना पनि यो बराबरीसँगै समाप्त भएको छ ।

यसअघि नेपालले छनोटको पहिलो खेलमा फिलिपिन्ससँग सुरुवाती अग्रता लिनका बावजुत अन्तिम दुई मिनेट सम्हालिन नसक्दा २–१ को हार बेहोर्न पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्