Logo
Logo

आज प्रतिनिधि सभा बैठक, यस्ता छन् कार्यसूची



काठमाडौं । प्रतिनिधिसभा बैठक आज (बिहिबार) बस्दैछ । संसद सचिवालयले बुधबार सम्भावित कार्यसूची सार्वजनिक गरेको हो ।

सचिवालयका अनुसार बजेटसँग सम्बन्धित २ वटा विधेक पारित गर्ने कार्यसूची छ । आर्थिक विधेयक २०५८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गर्ने कार्यसूची रहेको छ ।

यी दुई विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नेछन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार अवरोध गरे पनि सभामुख अग्नि सापकोटाले संसदलाई अगाडि बढाइरहेका छन् । एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले उनको राजीनामासमेत मागिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्