Logo
Logo

निकम्मा बन्यो नगर प्रहरी



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको कार्यकाल पूर्ण असफल भएको निष्कर्ष निकाल्न थालिएको छ । शाक्यले चार वर्षअगाडि निर्वाचनताका जनतामा बाँडेका आश्वासन कुनै पूरा हुन सकेको छैन ।

केपी शर्मा ओलीले झैँ हावादारी योजनाको सपना बाँडेका मेयर शाक्यले काठमाडौंलाई स्मार्ट सिटी बनाउने, चक्रपथमा मेट्रो रेल चलाउनेजस्ता हावादारी गफ बाँडेका थिए ।

त्यतिमात्र होइन, शाक्यको कार्यकालमा नगर प्रहरी पनि पूरै निकम्मा बनेको छ । विदेशका महानगरमा जस्तै महानगरभित्रका सडक, यातायात, अव्यवस्थित पार्किङलगायतका मापदण्डविपरित बनाइएका संरचनाहरु भत्काउने जिम्मेवारी बोकेको महानगर प्रहरीको अनुहार सडकमा कतै देखिँदैन ।

काठमाडौं महानगरपालिकाले १८५ जना नगर प्रहरी भर्ना गरेको भएपनि जुनियर एसपी धनपति सापकोटालाई कमाण्ड जिम्मेवारी दिएपछि नगर प्रहरीभित्र काम गर्ने भन्दा कमाउने धन्दा बढ्दै गएको बताइन्छ ।

पूर्वप्रधानमन्त्री ओलीको स्वकीय सचिव इन्द्र भण्डारीको सिफारिसमा सापकोटालाई नगर प्रहरी प्रमुखको दिइएको छ भने एसपीहरुलाई काम नलाग्ने विभागमा खटाइएको छ । सापकोटाभन्दा सिनियर एसपी विष्णु जोशीलाई विपत व्यवस्थापनको जिम्मेवारी दिइएको छ भने अन्य चार एसपी जिम्मेवारीविहीन छन् ।

नगर प्रहरीमा यसरी ‘चेन अफ कमाण्ड’ बिग्रिएपछि नगर प्रहरीको काम हाजिर गर्ने मात्र बनेको छ । नगर प्रहरीलाई व्यवस्थित गर्ने टेकू ब्यारेकको व्यवस्था गरिएको भएपनि ब्यारेकमा प्रहरी बस्दैनन् ।

आफू मातहतको नगर प्रहरीलाई समेत व्यवस्थित गर्न नसक्ने मेयर शाक्यले महानगरभित्रको समस्याहरु कसरी व्यवस्थापन गर्लान् भनेरका त्यहीका कर्मचारहरुले प्रश्न उठाएका छन् ।

प्रतिक्रिया दिनुहोस्