
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगामीहरुलाई ठाउँका ठाउँ ठोक्न भन्दै वाइसीएललाई निर्देशन दिएका छन् ।
काभ्रेको पाँचखालमा आज माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग (वाइसीएल)को भेलालाई सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले प्रतिगामीहरुलाई ठोक्न निर्देशन दिँदै केही भए त्यसको जिम्मेवारी आफूले लिने बताए ।
‘प्रतिगामीहरुलाई बाँकी राख्ने होइन । आफु जाइलाग्ने होइन, उनीहरु आाइलागे ‘इँटको जवाफ पत्थरले दिनु’, यस्को जिम्मा म लिनेछु’ अध्यक्ष प्रचण्डले भने ।
अध्यक्ष प्रचण्डले २०६४ सालको जस्तै सक्रिय अवस्थामा फर्किनुपर्ने निर्देशन दिँदै गलत गतिविधि गर्नेे प्रतिगामी, दलाल कायर र जालीझेलीलाई छोड्नै नमिल्ने बताए ।
२०६४ सालमा काँग्रेस, एमाले जोड्दा पनि आफ्नो पार्टी जति बलियो अरु हुन नसकेको स्मरण गर्दै उनले त्यो बेला पार्टी बलियो बनाउँन वाइसीएलको महत्वपूर्ण भूमिका खेलेको भन्द्यै अध्यक्ष प्रचण्डले पुनः सोही रुपमा जनतामाझ जान नेता कार्यकर्तालाई भनेका छन् । पार्टीलाई बलियो बनाउँन विभिन्न आन्दोलनमा वाइसीएलले गरेको योगदानको प्रसंशा गर्दै उनले पुनः त्यसैगरी प्रस्तुत निर्देशन समेत दिए ।











