Logo
Logo

विदेशी पर्यटक ‘अनअराइभल’ भिसामा नेपाल आउन पाउने



काठमाडौं । पर्यटन आगमनका लागि सहज बनाउने सरकारले विदेशी पर्यटकका लागि ‘अनअराइभल’ भिसा खुल्ला गरेको छ । विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै सरकारले यस्तो व्यवस्था गरेको हो ।

कोरोना विरुद्धको पूर्ण डोज खोप लगाएका र आवश्यक प्रक्रिया पुरा गरेका विदेशी पर्यटकलाई अनअराइभल भिषा उपलब्ध गराउने सरकारले निर्णय गरेको छ ।

सरकारको निर्णयसँगै विदेशी पर्यटकको लागि नेपाल भ्रमण खुल्ला भएको छ । नेपाल आउने विदेशी पर्यटकले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएको प्रमाणसँगै ७२ घण्टा भित्रको पीसीआर परीक्षण गरेको रिपोर्ट पेस गर्नुपर्ने हुन्छ । पर्वतारोहण र पदयात्रा लागि आउने पर्यटकले सोको अनुमति र बस्ने होटल बुक गरेको प्रमाण पेस गर्नुपर्ने सरकारले व्यवस्था बनाएको छ ।

सरकारले अनअराइभल भिषमार्फत पर्यटकलाई नेपाल आउन दिने भए पनि अनिवार्य १० दिन होटल क्वारेन्टिन बस्नुपर्ने व्यवस्थामा भने परिवर्तन गरेको छैन ।

सरकारले जारीको गरेको ट्राभल एमभाइजरी

प्रतिक्रिया दिनुहोस्