Logo
Logo

भगिराज इङ्नामलाई यस वर्षको मदन पुरस्कार



काठमाडौं । यस वर्षको मदन पुरस्कार भगिराज इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’ले पाउने भएको छ ।

मदन पुरस्कार गुठीको बिहीबार विज्ञप्ति जारी गर्दै इङनामको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’ यस वर्षको मदन पुरस्कार प्रदान गर्ने निर्णय भएको जानकारी दिएको छ ।

मदन पुरस्कार गुठीले नेपाली इतिहासका प्राथमिक सामग्रीहरुको संकलन र पहुँचलाई विस्तार गरेकाले लिम्बुवानको ऐतिहासिक दस्तावेजलाई मदन पुरस्कार प्रदान गरेको बताएको छ । ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’का लेखक तथा संकलक पूर्व सिडिओ हुन् ।

त्यसैगरी, यस वर्षको जगदम्बा श्री पुरस्कार नृत्यशास्त्री भैरवबहादुर थापालाई प्रदान गर्ने गुठिले निर्णय गरेको छ । दुवै पुरस्कारको राशि जनही ४ लाख रुपैयाँ रहेको छ ।

मदन पुरस्कार गुठीमा २०७७ सालमा प्राप्त २२२ पुस्तकमध्येबाट गुठीले ९ वटाको मदन पुरस्कार श्रेष्ठ सूची सार्वजनिक गरेको थियो । जसमा गिरि श्रीस मगरको एकलव्यको देब्रे हात, कृष्ण अविरलको करिया, कुमार नगरकोटीको कल्प ग्रन्थ, भैरवबहादुर थापाको नृत्याक्षर विज्ञान, प्रभा बरालको फिलिङ्गो, लेखनाथ क्षेत्रीको फुलाङ्गे, केशव दाहालको मोक्षभूमि, जेसन कुँवरको रमिते र इङ्गनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह समावेश थिए ।

प्रतिक्रिया दिनुहोस्