Logo
Logo

धराप ढलमा बालक बेपत्ता, जिम्मेवार को ?



मुसलधारे वर्षापछि बाढी आएका बेला १० वर्षीय उज्ज्वल विश्वकर्मा खसेरबेपत्ता भएको ढल। बालक बेपत्ता भएपछि ढलको मुखमा फलामको पाइपले बारबनाइएको हो। हजुरबा, हजुरआमा र फुपूको साथमा उज्ज्वल (दायाँ)।

काठमाडौं । काठमाडौं कपनस्थित साततले, पाथीभरा टोलकी ६० वर्षीया धनमाया विश्वकर्मा घरभित्र रुँदै एकोहोरो स्वरमा पति मंगलेलाई भन्दै थिइन्, ‘नातिलाई खोजेर ल्याउनुस् । सास बाँकी छैन भने लास भए पनि लिएर आउनुस् ।’

धनमायाको यस्तो आग्रहसँगै उनका दुई छोरी मोबाइलमा १० वर्षीय भदाको फोटो हेर्दै भक्कानिन्छन् । कोलाहलको स्थिति समाल्न नसकेर मंगले खाटबाट जुरुक्क उठेर घरबाहिर निस्कन्छन् । घरपारि बगिरहेको वाग्मती खोलाको किनारमा पुगेर टोलाउन थाल्छन् ।

कपन क्षेत्रमा मंगलबार राति आठ बजेतिर मुसलधारे वर्षा भएको थियो। काठमाडौं महानगरपालिका–१२ र बुढानीलकण्ठ– १२, कपनको सिमानामा पर्ने ग्राभेल बाटोमुनिको खहरे खोलाको पानी पठाउन बिछ्याइएको ह्युम पाइप (ढल) मा खसेर धनमायाका १० वर्षीय नाति उज्ज्वल बेपत्ता भएका छन् ।

ठूलो वर्षा भएकाले ढल भरिभराउ थियो। उज्ज्वल ढलमा खसेर बेपत्ता भएपछि हजुरबुवा मंगले, हजुरआमा धनमाया र दुई फुपू अनिता र सुनिताको आँसु रोकिन सकेको छैन । ९ वर्षअघि छोरा–बुहारी आआफ्नो बाटो लागेपछि मंगले, धनमाया, अनिता र सुनिताले उज्ज्वलको हेरचाह गर्दै आएका थिए। ‘हाम्रो बुढेसकालको सहारा नाति कहिल्यै नफर्किने गरी गयो,’ भावुक हुँदै धनमायाले भनिन्, ‘यसको जिम्मेवारी कसले लिन्छ ?’

उज्ज्वल ढलमा खसेलगत्तै वरपरका मानिस उद्धारमा लागे पनि भेट्टाउन सकेनन् । बुढानीलकण्ठ नगरपालिका–१२, कपनको मिलन चोकमा खुद्रा पसल सञ्चालन गरिरहेका शम्भु थापाले मुसलधारे वर्षा भएपछि रमाउँदै आइरहेका उज्ज्वल मुख नछोपिएको ढलमा खसेर बेपत्ता भएको बताए । ‘ती बाबु वर्षा भएपछि रमाउँदै आइरहेका थिए,’ थापाले भने, ‘उनलाई देखेपछि परिचित दाइ चिच्याएको सुनेर ढलमा पर्नबाट जोगाउन दौडिँदै थियौं ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्