Logo
Logo

गायिका इन्दिरा जोशीले ‘सुटुक्क’ गरिन् इन्गेजमेन्ट



काठमाडौं । गायिका इन्दिरा जोशीले इन्गेजमेन्ट गरेकी छन् । खुम्बु पुगेर इन्दिराले ‘सुटुक्क’ इन्गेजमेन्ट गरेकी हुन् ।

उनले आफ्नो प्रेमीलाई औँठी लगाइदिएको भिडियो अहिले टिकटकमा भाइरल भइरहेको छ ।

उनले फेशन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन् । इन्दिराले यसअघि आफू प्रेम सम्बन्धमा रहेको बताउने गरेकी थिइन् । तर, प्रेमीको नाम भने खुलाएकी थिइनन् ।

उनले इन्गेजमेन्ट भएकोबारे पनि आफैँले सार्वजिनक रूपमा अहिलेसम्म भनेकी छैनन् ।

उनीहरूको इन्गेजमेन्ट भएको भिडियो भने क्याप्टेन विवेक थापाको टिकटक अकाउन्टमार्फत सार्वजनिक गरिएको छ । उनले ‘एक्स्कुलुजिभ’ लेखेर भिडियो सार्वजनिक गर्दै दुवै जनालाई उज्वल भविष्यको कामना भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्