चीनले लगायो बिटक्वाइनजस्ता डिजिटल मुद्रामाथि प्रतिबन्ध « Drishti News – Nepalese News Portal
Logo

चीनले लगायो बिटक्वाइनजस्ता डिजिटल मुद्रामाथि प्रतिबन्ध


दृष्टि संवाददाता


पेचिङ (चीन) । चीनको केन्द्रीय बैंकले क्रिप्टोकरेन्सी सम्बन्धी सबै कारोबार अवैध भएको घोषणा गरेको छ । योसँगै चीनले बिटक्वाइनजस्ता डिजिटल मुद्रामाथि प्रतिबन्ध लगाएको हो ।

भर्चुअल अर्थात् भौतिक अस्तित्वमा नभएका मुद्रासम्बन्धी सबै कारोबार अवैध आर्थिक गतिविधि भएको पनि त्यहाँको पिपुल्स ब्याङ्क अफ चाइना (पीबीओसी) ले बताएको छ ।

उसले त्यस्ता गतिविधि मानिसहरूका सम्पत्तिका लागि खतरनाक भएको चेतावनीसमेत दिएको छ । चीनको पछिल्लो घोषणासँगै बिटक्वाइनको मूल्यमा २ हजार डलरभन्दा बढीले गिरावट आएको छ ।

आधिकारिक रूपमा चीनमा क्रिप्टोकरेन्सीसम्बन्धी कारोबार सन् २०१९ देखि प्रतिबन्धित भए पनि अनलाइनमार्फत् विदेशी विनिमय हुँदै आएको बताइएको छ । शुक्रवार त्यहाँको केन्द्रीय बैंकले गरेको घोषणाबाट चीनले क्रिप्टोकरेन्सीसम्बन्धी सबै स्वरूपका कारोबार बन्द गर्न चाहेको स्पष्ट संकेत गरेको बताइएको छ ।

अवैध आर्थिक गतिविधिमा संलग्नहरूूले अपराध गरिरहेको र उनीहरूमाथि कारबाही गरिने पनि केन्द्रीय बैंकको घोषणाले स्पष्ट पारेको छ ।, यो समाचार आर्थिक अभियान दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्