Logo
Logo

‘झोला’ मा विदेशी कलेज, मन्त्रालयकै संरक्षणमा करोडौं ठगी



काठमाडौं । विदेशी विश्वविद्यालयका सम्बन्धनमा खुलेका कलेजको सेयर दिने प्रलोभनमा करोडौं ठगी भइरहेको खुलेको छ । मापदण्डबिनै यस्ता कलेजको सम्बन्धन, ठाउँसारी, नामसारीमा राजनीतिक पहुँच देखिन्छ भने शिक्षामन्त्रीदेखि मन्त्रालयका कर्मचारीसमेत मुछिने गरेका छन् ।

यस्तै ठगी गर्नेमध्येका एक हुन्, केन्ट कलेज अफ टेक्नोलोजी एन्ड म्यानेजमेन्टका अध्यक्ष सञ्जयकुमार झा । उनले एकभन्दा बढी कलेज दर्ता गर्ने र ती कलेजमा सेयर दिने भन्दै करोडौं ठगी गरेको पीडितहरूले बताएका छन् ।

झाले शिक्षा मन्त्रालयबाटै फर्जी कागजात बनाई अन्य सेयर सदस्यलाई झुक्याएर ३ करोड रुपैयाँभन्दा बढी ठगी गरेको भेटिएको छ । उनले मन्त्रालयका उच्चशिक्षा महाशाखाका उपसचिव लक्ष्मीकुमार खड्कासँग आर्थिक लेनदेनमा ठगी धन्दा सञ्चालन गरेको पीडितहरू बताउँछन् ।

आरोपित झा ठगी आरोपमा जिल्ला अदालत काठमाडौंको आदेशमा पुर्पक्ष थुनामा छन् । उनलाई भदौ दोस्रो साता काठमाडौं प्रहरीले पक्राउ गरी अदालतमा पेस गरेको थियो । शिक्षकसमेत रहेका प्रवीणकुमार झाको उजुरीमा उनी पक्राउ गरेका हुन् ।

उनले प्रवीणकुमारसँग नयाँ कलेज दर्ता गर्न भनेर २०७४ अघि नै ५ लाख रुपैयाँ लिएका थिए । कलेज दर्ता हुन नसकेपछि सञ्चालनमै रहेको कलेजको सेयर दिने भनेर त्यसपछि थप रकम लिए । झाले त्यतिबेला आईसीएचएम नामको कलेज देखाएर सेयर रकम उठाएका थिए ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्