आजदेखि ३८ क्विन्टल सुन तस्करी मुद्दाको सुनुवाइ « Drishti News – Nepalese News Portal
Logo

आजदेखि ३८ क्विन्टल सुन तस्करी मुद्दाको सुनुवाइ


दृष्टि संवाददाता


काठमाडौं । आजदेखि ३८ क्विन्टल सुन तस्करी मुद्दाको अन्तिम सुनुवाइ हुने भएको छ । मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका क्रममा खुलेको ३८ क्विन्टल सुन तस्करी प्रकरणको मुद्दामा आजबाट अन्तिम बहस सुरु हुँदैछ ।

जिल्ला अदालत मोरङमा आजबाट अन्तिम बहस हुने भएको हो । तस्करीको साढे ३३ किलो सुन गायब भएपछि तस्करको समूहको यातनाका क्रममा २०७४ साल फागुन १८ गते मोरङको उर्लाबारी नगरपालिका १ मा शाक्यको मृत्यु भएको थियो ।

हत्या गरिएको भरिया सनक साक्य र सुन मालिक चुडामणी उप्रेती । तस्विर श्रोत : अनलाईनखबर

हत्या अनुसन्धानका क्रममा सुन तस्करीको र्‍याकेट पत्ता लागेको थियो । करिब चार वर्षअघि दर्ता भएको शाक्य हत्या तथा सुन तस्करीसँग सम्बन्धित मुद्दाको अन्तिम बहस जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा हुनेछ ।

आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान गरेर चारवटा शीर्षकमा २०७५ वैशाख १९ गते उच्च पदस्थ प्रहरीसहित ६३ जना विरुद्ध मुद्दा दायर भएको थियो ।

दुईपटक पुरक अभियोग मार्फत ७७ जनालाई प्रतिवादी बनाइएको छ । सो मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय रूपैयाँ बराबरको ३७ लाख ९९ हजार ५६३ ग्राम (करिब ३८ क्वीन्टल) सुन अवैध रुपमा आयात गरिएको दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्