Logo
Logo

नेपाल प्रहरीका ११ जना सम्पर्कविहीन, हेडक्वाटरले जारी गर्‍यो यस्तो सूचना



काठमाडौं । नेपाल प्रहरीका ११ जना सम्पर्कविहीन बनेका छन् । गत साउन महिनादेखि सम्पर्कमा नरहेका ११ जनालाई प्रहरी प्रधान कार्यालयले सात दिनभित्र सम्पर्कमा आउन सूचित गरेको हो ।

आइतबार प्रहरी प्रधान कार्यालय नक्शालले गैरहाजिर भएकाहरुको नामावली सार्वजनिक गरेको छ । उनीहरुलाई बाटोको म्यादबाहेक सात दिनभित्र सम्पर्कमा आउन पनि भनेको छ । तोकिएको अवधिभित्र सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी समेत दिइएको छ ।

सूचनामा उल्लेख गरे अनुसार आफूखुसी गैरहाजिर हुनेहरुमा जिल्ला प्रहरी कार्यालय बर्दिया दरबन्दी भएका प्रहरी नायव निरीक्षक चन्दरदेव जोशी लगायत छन् । कैलालीको गोदावरी घर भएका जोशी गत साउन २४ गतेदेखि सम्पर्कमा नरहेको प्रहरीको भनाई छ ।

नेपाल प्रहरीका अनुसार यसैगरी प्रहरी हबल्दारहरु हरिभक्त राई, शिवबहादुर जर्गामगर, सुमन भण्डारी, खगेन्द्र थापामगर, बिरबहादुर भण्डारी, विनोद बुढाक्षेत्री, अनिल कुमार गुरुङ, पदम बहादुर थापा श्रीस, डम्बर दियाल पनि सम्पर्कमा नरहेको उल्लेख छ ।

यस्तो छ प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचना

प्रतिक्रिया दिनुहोस्