Logo
Logo

इजरायलमा ‘केयरगिभर’का १६ सय जनाको नाम सिफारिस



काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायलमा ‘केयरगिभर’का लागि एक हजार छ सय जनाको नाम सिफारिस भएको छ । आइतबार विभागले इजरायलमा ‘केयरगिभर’का लागि जान चाहानेमध्येबाट एक हजार ६ सयको नाम सिफारिस गरेको हो ।

विभागले भाषा परीक्षा उर्तिण गरी अन्तरवार्तामा सहभागी भएकामध्ये ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको नाम इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पिआइबीए)लाई सिफारिस गरेको छ ।

विभागले सिफारिस गरेको सूचीबाट पिआइबीएले कामदार छनोट गर्नेछ । छनोट गरेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौतापश्चात उनीहरु इजरायल जान पाउने छन् ।

यसका लागि अहिले छनोट भएका एक हजार छ सयमध्येबाट एक हजार चार सयको रोस्टर तयार गर्ने र त्यसबाट एक हजार कामदार इजरायलले छनोट गर्ने विभागले जनाएको छ । छानिएकाहरु स्वयंले भिसा र टिकटलगायत खर्चका लागि करिब १ लाख ६५ हजार तिर्नुपर्ने हुन्छ ।
यसपटक छानिएका कामदारहरूले व्यक्तिको घरमा नभई नर्सिङ होम तथा केयर होमलगायत संस्थाका लागि काम गर्नेछन् । भिसा अवधि पाँच वर्षको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्